ऐंज़ाइटि (Anxiety)

0 Comments

कहिले काँहि तनाव हुनु अथवा डर लाग्नुलाई सामान्य मानिन्छ। जब सम्म तनावले या डरले दैनिक जीवनमा असर गर्दैन तब सम्म त्यसलाई सामान्य मानिन्छ। तर त्याहि डर तनावको कारणले व्यक्तिले आफ्नो दैनिक कामहरू गर्न सकेन भने जस्तै काम गर्दा ध्यान दिन नसक्ने, साना साना कुरामा रिस उठने, आत्तिने, धेरै सोच्ने आदि हुन सक्छ। यस्तो लक्षण देखियो भने ऐंज़ाइटि(anxiety) भएको हुन सक्छ। ऐंज़ाइयटीका कारणहरु जेनेटिक देखि वातावरण सम्म हुन सक्छन। र ऐंज़ाइटिका थुप्रै उपचार बिधिहरू पनि छन।

ऐंज़ाइटि(anxiety)का लक्षणहरु के के हुन त?

१. केहि नराम्रो हुन्छ कि भनेर डर,चिन्ता लागिराख्ने

२. सास फेर्न गारो भए जस्तो महसुस हुने

३. ध्यान दिन नसक्ने

४. पसिना आऊने, मुटुको धड़कन वढने, हात, खुट्टा काप्ने

५. निन्द्रा र खनपिनमा गड़बडि आऊने

६. मनमा कुरा खेलिरहने

७. gastrointestinal जस्ता समस्याहरू आऊने

८. टाउको तथा जिउ हाडज़ोर्नि दुख्ने

ऐंज़ाइटि(anxiety)का कारणहरु के के हुन सक्छन?

१.बाइओलोजिकल/ जेनेटिक्स(biological/genetic): आफ्नो ब्लड(blood) रिलेशनमा भएको अथवा पारिवारिक वातावरणमा मानसिक रोग एक बाट अर्कोमा सर्ने गर्दछ। बुवा आमा बाट छोरा छोरीलाई सर्न सक्ने सम्भावना बडि रहन्छ। त्यसैले मानसिक रोग परिवार भित्रै बाट सर्न सक्छ। र जेनेटिक(genetic)ले पनि ऐंज़ाइयटी(anxiety) हुन एउटा महत्वपूर्ण भुमिका खेलेको हुन्छ।

2.वतावरणिय पक्ष (environmental factor): वातावरणले पनि ऐंज़ाइयटी(anxiety) हुनमा ठुलो भूमिका खेलेको हुन्छ। व्यक्तिको पारिवारिक वातावरण जस्तै, परिवारमा हुने झईझगडा, कुनै पारिवारिक सदस्यको मृतु हुनु, दीर्घकालिन मानसिक तथा शारीरिक रोगहरु लाग्नु, दूरघटनामा पर्नु अथवा दूरघटना भएको देख्नु आदिले व्यक्ति मानसिक रूपले असवस्थ बनाइ ऐंज़ाइयटी (anxiety)तथा अरु बिविन्न मानसिक रोगहरू लाग्ने गर्दछ।त्यस्तै बिध्यालय, कलेज, काम गर्ने ठाउहरूको वातावरण राम्रो भएन भने पनि व्यक्तिलाई नकारात्मक असर पर्ने गर्दछ र अंतत ऐंज़ाइटि(anxiety) हुने सम्भावना रहन्छ।

३. ब्रेन इनजिउरि(brain injury): यदि व्यक्तिको कुनै पनि दुरघटना या चोटपटकले गर्दा उसको ब्रेनमा असर पुर्रयाएको हुन सक्छ अथवा व्यक्तिको जन्म हुदै तन्तुको (cell)विकास नभएको हुन सक्छ। या कुनै तन्तु(सेल) को मृतु भएको या चुटिएको हुन सक्छ त्यसैले ब्रेन(माइंड) ले चाइने जाति हर्रमोन्स उत्पादन गरि शरिर(body) मा पठाउन सक्दैन र माइंड(mind) र शरिर(body) को सम्बन्ध राम्रो हुन पाऊदैन त्यसैले गर्दा व्यक्तिलाई उदासीनता, ऐंज़ाइटि, तनाव हुने सम्भावना हुने गर्दछ।।

ऐंज़ाइयटी(anxiety) लाई कसरी समाधान अथवा बेवस्थापन गराउन सकिन्छ?

१.साइकोएजुकेशन(psychoeducation): धेरै व्यक्तिहरुले रोगको बारे बुजेको हुदैनन्न र उनिहरुलाई रोगको बारे बुझाई दिएर पनि उनिहरुका लक्षणहरुलाई कम गराउन सकिन्छ। जस्तै ऐंज़ाइटि, स्ट्रेस(anxiety,stress) भनेको के हो, यसका लक्षणहरु के के हुन, के कारणले गर्दा लाग्ने गर्दछन र कसरी समाधान/बेवस्थापन गर्न सकिन्छ भनेर जानकारी गराउन सकिन्छ। साथै यी कुरा स्कूल, कलेज, समूह, समाज आदिमा दिन साकिन्छ र यो रोग सम्बन्धि जानकारी गराइ जनचेतना फैलाऊन सकिन्छ।

२. साइकोथेरापि र मेडिकेशन( psychotherapy and medication): काउन्सलिंगका बिविन्न थेरापिहरु हुन्छन जस्तै, behavioural therapy(BT), congnitive behaviour therapy (CBT)जस्ता थेरापि प्रयोग गरेर मानसिक रोगहरु बेवस्थापन/ठिक पार्न साकिन्छ। यदि रोग अलिक जटिल नै छ भने औषधि(medication) लिएर रोग अलिक सामान्य भए पछि साइकोथेरापि/काउन्सेलिङ गर्न सकिन्छ।

३. मेडिटेशन र योगा(meditation and yoga): माइंड(mind) र बडि(body) को सम्बन्धलाई संतुलित बनाऊँन र तनदुरुस्त( fresh) बनाऊनका लागि यसको प्रयोग गरिन्छ, साथै योगा, मेडिटेशनले (happy hormons) हरु उत्पादन गर्न सहयोग पुर्याउदछ। यी हर्रमोन्सहरूले व्यक्तिको मूडलाई संतुलन र सकारात्मक बनाऊन मदत गर्दछ।

4. सेल्फ हेल्प र सेल्फ केयर(self-help and self care): समय बेवस्थापन गर्ने, निउट्रिसन/डाइटको संतुलन मिलाऊने, समयमा सुत्ने उठने बानीको विकास गर्ने(बयस्क व्यक्तिले लगभग दिनको ७देखि८ घण्टा सुत्ने), माइंड फ्रेश(mind fresh ) गराउन, खुसि तथा सकारात्मक रहन आफ्नो इच्छा अनुसारका कामहरू समय मिलाएर गर्ने जस्तै: फिल्म हेर्ने, पुस्तकहरु पढ्ने, घुम्न जाने, साथीभाई संग कुरा कानीहरु गर्ने आदि गरेर ऐंज़ाइटि(anxiety) का लक्षण कम गराउन सकिन्छ।


One thought on “ऐंज़ाइटि (Anxiety)”

Leave a Reply to vpn special coupon code 2024 Cancel reply

Your email address will not be published. Required fields are marked *