उदासीनता(Depression)

0 Comments

उदासीनता (depression)एउटा मानसिक रोग हो। जसले हाम्रो मुडलाई असर गर्ने गर्दछ। यस्तो रोग लगेको व्यक्तिहरुले आफूलाई कमजोर महसुस गर्ने, एक्लै बस्न रुचाउने, ध्यान केन्द्रित गर्न नसक्ने आदि लक्षणहरु देखाउछन। अब बिश्वमा हेर्ने हो भने धेरै प्रतिशत मानिसहरुलाई उदासीनता भएको पाइन्छ। जस्तै, अमेरिकामा हेर्ने हो भने ७% मानिसहरुलाई उदासीनता भएको पाईन्छ। उदासीनताले गर्दा धेरै व्यक्तिहरुले आत्माहत्या गर्ने गरेको छन।तर हामीले यसका लक्षण देखिने बितिकै तत्काल उपचार गर्न सक्यैा भने पूर्ण रूपले ठिक पार्न सक्छैा।

उदासीनताका (depression)लक्षणहरू के के हुन सक्छ? उदासीनताका लक्षणहरु यस प्रकार छन।

१. दुःखी र आशा बिहिन महसुस गर्ने

२.एकदम धेरै चिन्तित रहने

३.ध्यान केन्द्रित ग़र्न र सम्झिनलाई गारो हुने

४.नकारात्मक सोचहरू आऊने

५.खानामा परिवर्तन आऊने( धेरै रुचि अथवा कम रुचि हुने)

६.निन्द्रामा परिवर्तन आऊने (धेरै निन्द्रा लाग्ने अथवा कम निन्द्रा लाग्ने

७.थकित महसुस हुने, जोश जागर नचल्ने

८.आफूलाई दोषी महसुस गर्ने

९.दैनिक गरिरहेको कामहरू गर्नलाई इच्छा नलाग्ने

१०.आत्महत्याको सोच आऊने

११.अरुलाईं नराम्रो केहि गर्छू कि भन्ने सोच आउने

१२. टोलाउने, एक्लै बस्न रुचाउने

१३.चाडै रिसाउने, झरकिने

उदासीनता के कारणले हुन्छ? एउटा मात्र कारणले गर्दा मानसिक रोग लाग्ने भन्ने हुदैन। कुनै पनि मानसिक रोग लाग्नमा जेनेटिक(genetic)देखि वातावरण(environment)सम्मले ठिलो भूमिका खेलेको हुन्छ।तल केही महत्वपूर्ण बुधाहरुलाई व्याख्या गरिएको छ।

१. ब्रेन इनजुरी(brain injury): मानिसको दिमाग(mind)लाखौ तन्तु(cell)हरु मिलेर बनेको हुन्छ यदि कोहि व्यक्तिको दिमाग(mind)मा भएका तन्तुहरुमा समस्या देखियो भने, जस्तै, कुनै तन्तु(cell)को मृत्यु भयो तथा त्यो तन्तुको बिकास हुन सकेन भने दिमागले हाम्रो शरिर(body) लाई आवश्यक पर्ने केमिकल/सन्देश पठाउन सक्दैन र हाम्रो शरिरले राम्रो सँग काम गर्न सक्दैन, त्यस्तै दिमाग(mind) र शरिर(body) को राम्रो सम्बन्ध हुन पाउदैन। र त्यसपछि व्यक्तिलाई उदासिन्ता (depression)का लक्षण सहित अन्य किसिमका मानसिक रोगका लक्षणहरु पनि देखा पर्न सक्छन।

२. जेनेटिक्स(genetic): मानसिक रोग एउटा बंशबाट अर्को बंशमा सर्दै जाने भएकोले यदि कोही व्यक्तिको परिवारमा रहेका सदस्यहरु(आमा,बुवा, हजुरवा, हजुर आमा) हरुमा मानसिक रोगको समस्या भएमा छोराछोरीलाई/नातिनातिनाहरु पनि सर्न सक्ने धेरै सम्भावना रहन्छन।त्यस्तै कोही व्यक्तिलाई मानसिक रोगको समस्या छ भने उसको आऊने भावी सन्तानलाई पनि सर्न सक्ने सम्भावना धेरै मात्रामा रहन्छ।त्यसैले जेनेटिक पनि उदासीनता(depression) तथा मानसिक रोगको कारण बन्न सक्छ।

३. लाइफ़ ईवेन्टस(life events): हाम्रो जीवनमा राम्रा नराम्रो घाटना घटि नै रहन्छन। तर नराम्रो घटनाले हामीलाई छिटो असर गर्ने गर्दछ। कोही नजिकको मानिसको मृतु हुनु, परिक्षामा फेल हुनु, सम्बन्ध बिछेद हुनु, दुर्घटनामा पर्नु, लागू पदार्थको सेवन गर्नु आदि। यस्ता घटनाहरू को कारणले गर्दा पनि ब्यक्तिले उदासीनता(depression) का लक्षण देखाउन सक्छ।

उदासीनतालाई(depression) कसरी रोकथाम/ बेवस्थापन गर्न सकिन्छ?

१. साइकोथेरापी(psychotherapy): बिभिन्न थेरापिद्वारा यसलाई निउनिकरण तथा बेवस्थापन गर्न साकिन्छ। कग्निटिभ थेरापी (cognitive therapy),जेस्टाल्ट थेरापी (gestalt therapy)विहेविहर थेरापी (behaviour therapy).

२ मेडिटेसन (meditations)मेडिटेसनको बिधिबाट पनि उदासीनताका लक्षणहरू कम गराऊन साकिन्छ।जस्ले व्यक्तिलाई सकारात्मक बनाऊन सहयोग पुर्याउदछ।

३ःयोगा(yoga): योगाले पनि व्यक्तिका मानसिक समस्याहरु समाधान/ बेवस्थापन गर्न सहयोग पुर्याउदछ।

४ःमेडिकेशन र साइकोथेरापी(meditation and psychotherapy): यदि व्यक्तिमा भएको मानसिक रोग अलिक जटिल(severe) खाल्को छ भने त्यो अवस्थामा औषधि(medication) प्रयोग गरि केहि समय पछि, रोग अलिक बेवस्थित भए पछि साइकोथेरापिको प्रयोग गरिन्छ।

५ःमाइन्डफ़ुलनेस ऐक्टिविटीज़ (mindfulness activities): यो बिधि पनि काउन्सेलिंगमा धेरै नै प्रयोग हने थेरापी भित्रमा पर्दछ।जसलाई (here and now), व्यक्तिको बर्तमानलाई ध्यानमा राखेर प्रयोग गरिन्छ।र यो थेरापिले उदासीनता(depression) भएको व्यक्तिलाई एकदम उपयोगी हुने गर्दछ।

६.सेल्फ केयर(self care): आफूलाई रमाइलो लाग्ने कुराहरु गर्ने जस्तै, फिल्म हेर्ने, पुस्तकहरू पढ़ने, घुम्न जाने, साथी भाई संग कुरा कानि गर्ने, खेल खेल्ने, गीत सुन्ने आदि गर्न साकिन्छ।त्यस्तै समयमा सुत्ने उठने रूटीन(routine) बनाऊने,(बयस्क व्यक्तिले दिनको ७ देखि ८ घण्टा सुत्ने, समय बेवस्थापन गर्ने आदि गरेर पनि उदासीनता(depression) का लक्षणहरु कम गराउन सकिन्छ।

तपाईहरु आफैमा अथवा तपाईले चिनेको व्यक्तिलाई यस्ता उदासीनता( depression) का लक्षणहरु देखा परेको छ भने ढिला नगरी नजिकैको थेरापि सेंटरमा लिएर जानु होला। जति सक्दो छिटो उपचार गरियो तेति नै उदासीनता (depression) तथा अरु मानसिक रोगका लक्षणहरू पूरा मात्रामा ठिक हने सम्भावना रहन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *