Obsessive Compulsive Disorder

0 Comments

ओ सि डि एउटा यस्तो मानसिक समस्या हो जुन आज भोली धेरै मानिसहरुमा देखिने गर्दछ। ओ सि डि लाई पुरा शब्दमा (Obsessive Compulsive Disorder) भनिन्छ। यो समस्यामा चाहि मानिसहरुको मनमा वारम्बर अनेकौ कुराहरु खेलिरहने, बिचार, तस्बिरहरू आइरख्ने गर्दछ। र यहि बिचारहरु आइरहने हुनाले व्यक्तिको दैनिक गर्नु पर्ने कामहरु जस्तै, स्कूल जान, कलेज जान, काम गर्न, कुनै कुरामा ध्यान दिन बाधा पुर्याउदछ । यो मानसिक समस्या बाल्य अवस्था बाट सुरू भई बस्यस्क सम्म नै पनि हने गर्दछ।

ओ सि डि का लक्षणहरु निम्न छन।

१. फोहोर संग एकदम डराऊँने

२. पटक पटक हात धोई राख्ने

३. हरेक कुरा पूर्ण ( Perfectly) गर्न चाहाने

४. सामानहरु तथा आफ़्ना रूटीनहरु एकदम बेवस्थित तरिकाले राख्ने/बनाऊने

५. आफूले गरेको काम भयो कि भएन भनेर  बारम्बार सोच आइरहने र दोहोराएर चेक (Check) गर्न जाने । जस्तै, ग्यास रेगुलेटेड अन अफ चेक गर्ने (२ पटक भन्दा बडि चेक गर्ने र त्यो बारे सोचि राख्ने), त्यस्तै ढोकाको चुकूलमा पनि तेहि सोच राख्ने।

६. अरु लाई केहि नराम्रो गर्रछु कि (Harm to others) भनेर डराऊने

७. गन्ने ( Numbering)

ओ सि डि हुनुका कारणहरु के के हुन सक्छन?

१. बङसानुगत गुण( Genetic factors): बुवा आमाबाट छोरा छोरीमा जिनको माध्यमबाट पनि ओ सि डि सर्ने सम्भावना रहन्छ।

२.जीवनमा घटने घटना (Life events):

तनाव जन्य अवस्थाहरु जस्तै, कुनै दुर्घटनामा परेको, या कुनै दुर्घटना भएको देखेको हुनु, नजिकको मान्छेको मृतु हुनु। घरको वतावरण अनुकूल नहुनु, फेल हुनु, आफूले भने जस्तो नहुनु, अभिभाबक सैलि ( Parenting style) सकरात्मक नहुनु आदिले पनि ओ सि डि हुनमा सहयोग पुर्याउदछ।

३. दिमागि चोटपटक (Brain injury): हाम्रो दिमाग लाखौ तन्तुहरू मिलेर बनेको हुन्छ त्यसैले यदि ति तन्तुहरुको ब्रिदि विकास हुन पाएन अथवा तन्तुहरुको मृतु (Death) भयो भने, टूट्यो (Break) भयो भने पनि यो समस्या हुन सक्छ।

ओ सि डि समस्याको समाधान कसरी गर्न सकिन्छ?

१. मनो शिक्षा ( Psychoeducation): ओ सि डि भनेको के हो? कसरी हामीलाई यो समस्या हुन्छ? र ठीक कसरी बनाउन सकिन्छ भनेर हामीले बिरामीलाई तथा समाज, बिधालय, कालेजमा जागुरुक्ता (Awareness) प्रदान गर्न सक्छौ।

२.मनोचिकित्सा/ मनोपरामर्रस( Counselling and Psychotherapy): काउन्सलिंगका बिभिन्न पद्धति प्रयोग गरेर बिरामीलाई ठिक गरिन्छ जस्तै, बिहेव्यर थेरापि( BT), कॉग्निटिव बिहेव्यर थेरापि(CBT) को प्रयोग गरेर यो रोगको समाधान गरिन्छ।

३.औषधि उपचार( Medication): यदि ब्यातिको रोग जटिल (Severe)अवस्थामा छ भने उसलाई औषधि खान दिएर समस्यालाई अलिक कम गराएर मनोपरामर्रस गर्न सकिन्छ।

४.साधना/ योगा(Meditation/ Yoga): यो बिधि द्वारा पनि रोगलाई कम गराउन साकिन्छ। नकारात्मक सोच बिचार( Negative thinking)हरु लाई सकरात्मक (Positive) बनाऊँन र हाम्रो (Happy hormons) हरु लाई पनि बढाउन  यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

५.स्व हेरचर (Self-help and self-care): आफ्नो दैनिकिहरु बनाउने, समयमा सुत्ने समयमा उठने, डाइयटहरु खाने, बायम( Exercise) हरू गर्ने, आफूलाई मन पर्ने काम ( Hobbies/ Interest) हरु समय मिलाएर गर्ने, साथिभाई संग कुरा कानी गर्ने, घुम्न जाने आदि गरेर पनि हामी स्वास्थ रहन सकारात्मक रहन सक्छौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *